काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षक आन्दोलनको मुख्य एजेन्डा सरकार परिवर्तनका लागि हो कि भन्ने लाग्न थालेको टिप्पणी गरेका छन् । उनले शिक्षक आन्दोलन जटिल र विचलित हुन थालेको औँल्याएका छन् ।
‘शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदै छ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन/सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेसागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेन्डा लाग्न थालेको छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
उपमहासचिव ज्ञवालीले संविधान बनेपछि माओवादी नेताहरूले नै धेरै शिक्षा मन्त्रालय सम्हालेको स्मरण गराएका छन् । ऐन आजको आजै चाहियो भन्दा नबन्ने जोखिम हुने उपमहासचिव ज्ञवालीको तर्क छ ।
‘विधेयकलाई अन्तिम रूप दिन सांसदहरू रातदिन लागिरहेकै देखिनुहुन्छ । तर आजै चाहियो कि भोलि चाहियो जस्तो हठले उपयुक्त कानुन नबन्ने जोखिम पनि उत्तिकै छ,’ उनले भनेका छन् ।आन्दोलनको स्वरूप बदल्न उनले शिक्षकहरूसँग आग्रह समेत गरेका छन् ।
‘आन्दोलनको स्वरूप नबदल्ने हो भने, ‘निर्णायक धक्का‘ को भ्रममा बसिरहने हो भने र ‘बंगलादेश बनाइदिन्छौ भन्दै जाने हो भने थप क्षति पुग्ने निश्चित छ । शिक्षामन्त्री विद्या भट्टराईको पहलमा तयार गरिएको ७ बुँदे सहमति किन र कसरी आग्रहमा घोषणा हुन रोकियो भन्ने कुरा पनि बताइरहनु पर्छ र रु,’ उनले प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली