काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षक आन्दोलनको मुख्य एजेन्डा सरकार परिवर्तनका लागि हो कि भन्ने लाग्न थालेको टिप्पणी गरेका छन् । उनले शिक्षक आन्दोलन जटिल र विचलित हुन थालेको औँल्याएका छन् ।
‘शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदै छ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन/सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेसागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेन्डा लाग्न थालेको छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
उपमहासचिव ज्ञवालीले संविधान बनेपछि माओवादी नेताहरूले नै धेरै शिक्षा मन्त्रालय सम्हालेको स्मरण गराएका छन् । ऐन आजको आजै चाहियो भन्दा नबन्ने जोखिम हुने उपमहासचिव ज्ञवालीको तर्क छ ।
‘विधेयकलाई अन्तिम रूप दिन सांसदहरू रातदिन लागिरहेकै देखिनुहुन्छ । तर आजै चाहियो कि भोलि चाहियो जस्तो हठले उपयुक्त कानुन नबन्ने जोखिम पनि उत्तिकै छ,’ उनले भनेका छन् ।आन्दोलनको स्वरूप बदल्न उनले शिक्षकहरूसँग आग्रह समेत गरेका छन् ।
‘आन्दोलनको स्वरूप नबदल्ने हो भने, ‘निर्णायक धक्का‘ को भ्रममा बसिरहने हो भने र ‘बंगलादेश बनाइदिन्छौ भन्दै जाने हो भने थप क्षति पुग्ने निश्चित छ । शिक्षामन्त्री विद्या भट्टराईको पहलमा तयार गरिएको ७ बुँदे सहमति किन र कसरी आग्रहमा घोषणा हुन रोकियो भन्ने कुरा पनि बताइरहनु पर्छ र रु,’ उनले प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी
मतदान प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'
ओली नेतृत्वको टोलीलाई जिताऔँ : प्रदीप ज्ञवाली
यो नेतृत्व चयन गर्ने महाधिवेशन हो, नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन: प्रदीप ज्ञवाली
शान्ति सुरक्षाबारे कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको गैरजिम्मेवार अभिव्यक्ति : प्रदीप ज्ञवाली