काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्ती नदीले कटान गरेको क्षेत्रको अनुगमन गरेका छन् । उक्त क्षेत्रमा तटबन्धन निर्माण नहुँदा बाँकेको फत्तेपुर वडा नम्बर ७ र नरैनापुर क्षेत्र प्रभावित हुँदै आएको छ । सो स्थानमा संघीय सरकारबाट विनियोजित बजेटमार्फत काम सुरु भइसकेको छ।
अनुगमनका क्रममा अध्यक्ष दाहालले तत्काल हुनसक्ने क्षतिको न्यूनीकरण (ड्यामेज कन्ट्रोल)का लागि उपलब्ध बजेटबाट काम अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिएका थिए । अनुगमनपछि अध्यक्ष दाहालले थप बजेटका लागि पनि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
अध्यक्ष दाहाल “जनतासँग माओवादी तराई मधेस जनजागर अभियान” अन्तर्गत बाँकी कार्यक्रमहरूमा सहभागी हुन बाँके पुगेका हुन् । अभियान टोली बाँके, बर्दिया र कैलाली हुँदै वैशाख १७ गते कञ्चनपुरमा पुगेर अभियानको समापन गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?