काठमाडौँ । सर्लाहीबाट प्रहरीले स्रोत नखुलेको ३२ लाख नगद सहित एकजना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितामढी थाना घर भएका ४० वर्षीय शम्भुकुमार शाह छन् । आइतबार बिहान प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले उनलाई मलंगवा नगपालिका–६ बाट पक्राउ गरेको हो ।
भारतीय नम्बरको मोटरसाइकलमा उनी स्रोत नखुलेको नेपाली रुपैयाँ लिएर भातरबाट नेपालतर्फ आएका हुन् । उनको साथबाट ३२ लाख ३५ हजार नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ