जनकपुर । आफूलाई अख्तियार र सीआईबीको कर्मचारी भएको बताएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर– ५ का ३३ वर्षीय रामभजन मण्डललाई धनुषा प्रहरीले आज शनिबार पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार उनले विशेषगरी प्रशासनिक तथा कानुनी मामिलामा सहयोग गरिदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने गरेका थिए ।
धनुषा जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय अनुसन्धान टोलीले उनलाई शहीदनगर–३ स्थित इलाकाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मण्डलमाथि सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ