काठमाडौँ । नेपाली काँग्रेसले नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ नरहेको बताएको छ । संघीय संसद्को छैटौँ अधिवेशनको प्रारम्भमा प्रतिनिधि सभामा दलको तर्फबाट बोल्दै काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो बताएका हुन् ।
‘आजको विश्वमा सम्बन्धित देशको करदाताले तिरेको कर सोही देशको जनताको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको अवस्थामा हामीले पनि वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन’ घिमिरेले भने ।
जिडिपीको ४०र४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले भने, ‘तर त्यो ऋण कति प्रतिफल युक्त आयोजनामा खर्च भयो महत्त्वपूर्ण हुन्छ ।’नेपाल सम्भावनायुक्त मुलुक भएको र आन्तरिक सम्भावनालाई ख्याल गर्नुपर्नेमा उनको जोड छ । छिमेकी मुलुक भारत र चीनबाट नेपाले लन सक्ने जति फाइदा लिन नसकिरहेको समेत उनले बताए ।
‘कृषि उद्योग र जलस्रोत क्षेत्रमा छिमेकी मुलुकबाट लाभ लिन सक्दछौँ । यी मानव सागरबाट हामीले पर्यटनमा लाभ लिन सक्छौँ’ उनले भने । ठूला परियोजना नेपाल ल्याउन सक्ने यस निम्ति अन्तराष्ट्रिय लगानी आकर्षित गर्नुपर्ने उनले बताए । नेपालमा केही भएको छैन भन्ने भाष्य गलत रहेको भन्दै उनले थप प्रगतिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्नेहरू गलत रहेको उनले बताए । परिवर्तनको अवस्था तथ्यमै देखिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)