काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो मन्त्रिपरिषद्का सन्दर्भमा बुधबार दुई महत्वपूर्ण निर्णय लिए । पहिलो शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्ती गर्ने र दोस्रो उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गर्ने ।
आफ्नै प्रधानमन्त्रीले निरन्तर असहयोग गरेपछि शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामाका बारेमा क्याबिनेट बैठकमा समेत मुख नखोलेका प्रधानमन्त्रीले बुधबार भने मन्त्रिमण्डल हेरफेर गरिएको पत्र राष्ट्रपति कहाँ पठाएर शिक्षामन्त्रीमा रघुजी पन्तको नियुक्तिको नाम पठाएका थिए ।
उर्जा राज्यमन्त्री कान्छारामलाई भने बर्खास्त गरिएको सूचना गृहमन्त्री रमेश लेखकमार्फत गराएका थिए ।
कुलमान घिसिङ हटाउन प्रधानमन्त्री केपी ओली र उर्जामन्त्री दिपक खड्काले चालेको कदममा राज्यमन्त्री कान्छारामले सुरु देखि नै विमति राख्दै आएका थिए । त्यसपछि राज्यमन्त्री कान्छारामले गत २८ चैतमा आफू प्रमुख अतिथि भएको कार्यक्रम सचिव सुरेश आचार्यले बहिष्कार गरेको भनी २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।
जलस्रोत तथा सिँचाइ विभागको कार्यक्रममा उद्घोषकले आसनग्रहण गर्न बोलाउँदा सचिव कार्यक्रम स्थल पुगेपनि मञ्चमा राज्यमन्त्री प्रमुख अतिथि देखेपछि मञ्चमा नगई कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
त्यसमा ऊर्जा राज्यमन्त्रीले मन्त्रीलाई स्पष्टीकरण सोध्न पटक पटक आग्रह गरेपनि मन्त्रीले नमानेपछि आफै अगाडी सरेर स्पष्टिकरण सोधेका थिए । यधपी सचिव आचार्यले जवाफ बुझाएका थिएनन ।
त्यस्तै, प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बोलाएको बैठकमा समेत तामाङले प्रधानमन्त्रीले बनाएको कार्ययोजनासँग असहमति जनाएका थिए । प्रधानमन्त्रीले ३ करोडभन्दा कम रकमका आयोजनामा बजेट विनियोजन गर्न नपाइने बताउँदा राज्यमन्त्री तामाङले आफ्नो गृहजिल्ला रामेछापमा २० लाख रुपैयाँसम्मका आयोजना पनि आवश्यक रहेको बताएका थिए ।
निरन्तर फरक मत राख्न थालेपछि उनलाई सरकारी निर्णयको बचाउ गर्न नसकेको भन्दै प्रधानमन्त्रीले बर्खास्तगी गर्ने निर्णय लिएका हुन् ।
निर्णय अगाडी प्रधानमन्त्री ओलीले उनलाई माफी मगाउन खोजेका थिए । त्यसका लागि गृहमन्त्री रमेश लेखकसँग कुरा गर्न आग्रह समेत गरेका थिए । कुलमान प्रकरणमा निरन्तर प्रधानमन्त्री र मन्त्रीसँग मत बझाउन थालेदेखि नै उनलाई प्रधानमन्त्रीले माफी मगाउन खोजेका थिए । त्यसबारेमा परराष्टमन्त्री समेत रहेकी डा आरजु राणा देउवासँग पनि उनले कुरा गरेका थिए ।
आरजु राणाले उनलाइृ प्रधानमन्त्री खुबै रिसाएको भन्दै माफी माग्न पहिले पनि एकपटक आग्रह गरेकी थिइन् । तर कान्छारामले माफी नमाग्ने अडान कायमै राखे । शिक्षामन्त्री फेर्न पर्ने बाध्यतामा रहेका ओलीले त्यही मौकामा कान्छारामलाई पनि हटाउने योजना बनाए ।
त्यसपछि उनले बुधबार बिहान बैंककमा रहेकी परराष्टमन्त्री डा आरजु राणासँग टेलिफोन गरी कान्छारामलाई बर्खास्तगी गर्ने विषयमा छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?
सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ