काठमाडौ । नेकपा (माओवादी केन्द्र)का उपमहाचसिव जनार्दन शर्मा प्रभाकरले केही व्यक्तिहरुलाई हिरासतमा थुनेर जनतामा छाएको निराशा हटाउन नसकिने टिप्पणी गरेका छन् ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न स्थानमा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राजावादी आन्दोलनप्रति टिप्पणी गर्दै शर्माले सरकारले राम्रो काम गर्न नसक्दा जनतामा उत्पन्न भएको आक्रोसको अभिव्यक्ति मात्र भएको टिप्पणी गरे ।
"वर्तमान सरकार, ठूला राजनैतिक दल र नेताहरुले राम्रो काम गर्न नसक्दा जनतामा निराशा र आक्रोस उत्पन्न भएको छ । त्यसलाई रोक्ने उपाय भनेको आफूलाई सुधारेर जनताका असन्तुष्टी संवोधन गर्ने हो” उनले भने "कसैलाई हिरासतमा थुन्नु समस्याको समाधान हैन ।” सरकार परिवर्तनको भद्दा खेलखण्ड, कुर्सीको तानातान, भ्रष्टाचार र वेरोजगारीको समस्याले जनतामा वितृष्णा जागेकोले राजावादीहरु हौसिएको उनको भनाइ छ ।
राजनैतिक दल र नेताहरुले गंभीर समीक्षा गरेर आफूलाई सुधार्नेहो भने राजावादी नामको आन्दोलन स्वतः निस्क्रिय हुने उनको तर्क छ । उपमहासचिव शर्माले वर्तमान ओली सरकारलाई पहलकदमी गुमाएको सरकारको संज्ञा दिए ।
शिक्षक आन्दोलन सम्वोधन गरेर शिक्षकहरुलाई कार्यक्षेत्रमा फर्काउन नसक्ने, शैक्षिक सुधारको लागि कुनै आशाजनक काम गर्न नसक्ने, रोजगारी सृजनाको लागि सिन्को नभाँच्ने सरकारी रवैयाको कारण देशमा अराजकता मौलाएको नेता शर्माको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा