काठमाडौ । नेपाल प्रहरीका महत्त्वपूर्ण छ वटा विभाग झन्डै एक महिनादेखि टुवाइसी (सेकेन्ड इन कमान्ड) ले नेतृत्व गरिरहेका छन् ।
प्रहरीमा एआइजी बढुवा विलम्ब हुँदा मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टुवाइसी अर्थात् प्रहरी नायब महानिरीक्षक (डिआइजी) को भरमा पुगेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का तत्कालीन प्रमुख एआइजी दीपक थापा प्रहरी महानिरीक्षक नियुक्त भएदेखि ब्युरोमा एआइजीको नेतृत्व हुन सकेको छैन । त्यसै गरी ३० बर्से सेवा अवधिका कारण एआइजीहरू टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई अवकाशमा एएपछि यी विभागमा पनि एआइजीको नेतृत्व हुन सकेको छैन ।
सुरक्षा निकायमा ‘चेन अफ कमान्ड’ लाई सङ्गठन सञ्चालनको मुख्य अङ्गका रूपमा लिने गरिन्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले रिक्त रहेको एआइजी बढुवाका लागि प्रहरी प्रधान कार्यालयले आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)