नयाँ दिल्ली । भारतको दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार राति एक युवतीको गोली हानी हत्या भएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
‘लगभग आधा घण्टा अघि हामीलाई फोन आयो । हामीलाई भनिएको थियो कि एक जना युवतीलाई गोली लागेको छ । यो घटना जीटीबी एन्क्लेभ क्षेत्रमा भएको हो,’ दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले भनिन् ।शव हेर्दा युवती करिब २० की अनुमान गरिएको बताउँदै उनले शव पहिचान हुन बाँकी रहेको जानकारी दिइन् ।
मृतकको शरीरमा दुई वटा गोलीका निशान छन् । पूर्ण जानकारी पोस्टमार्टम पछि मात्र थाहा हुने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या