नयाँ दिल्ली । भारतको दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार राति एक युवतीको गोली हानी हत्या भएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
‘लगभग आधा घण्टा अघि हामीलाई फोन आयो । हामीलाई भनिएको थियो कि एक जना युवतीलाई गोली लागेको छ । यो घटना जीटीबी एन्क्लेभ क्षेत्रमा भएको हो,’ दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले भनिन् ।शव हेर्दा युवती करिब २० की अनुमान गरिएको बताउँदै उनले शव पहिचान हुन बाँकी रहेको जानकारी दिइन् ।
मृतकको शरीरमा दुई वटा गोलीका निशान छन् । पूर्ण जानकारी पोस्टमार्टम पछि मात्र थाहा हुने प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण