काठमाडौँ । नेकपा एमालेले कांग्रेसका नेताहरूले सरकारको गति नपुगेको भन्दै बाहिर जनाइरहेको असन्तुष्टिलाई सकारात्मक रूपमा लिएको निष्कर्ष निकालेको छ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सरकार सञ्चालनको संयन्त्रमा रहेकाहरूले संयन्त्रमै छलफल गर्नु उपयुक्त हुने बताए ।
संयन्त्रमै रहेका काँग्रेस महामन्त्री गगन थापाले सरकारको गति नपुगेको भन्दै पछिल्लो समय असन्तुष्टि व्यक्त गरिरहेका छन् । उनीमात्रै नभई नेता डा. शेखर कोइराला, अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायत इतर पक्षका नेताहरू केपी ओली नेतृत्वको सरकारसँग सन्तुष्ट सुनिँदैनन् ।
त्यसबारे ज्ञवालीले भने, ‘सरकारको प्रभावकारी होस् गति बढाओस् भनेर आउने टीकाटिप्पणीलाई हामीले सकारात्मक रूपमै लिएका छौँ। त्यसलाई अन्यथा लिएका छैनौँ । संयन्त्रका साथीहरूले संयन्त्रमै छलफल गर्दा राम्रो। हामीले अनेकै तहमा संयन्त्र बनाएका छौँ । त्यो असल मनसायका साथ भनेको होला भन्ने बुझेका छौँ ।’
उनले काँग्रेस नेताहरूको असन्तुष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल्न खोजेको बताए। उनले शान्ति सम्झौतापछि सबैभन्दा धेरै माओवादी नै सरकारमा बसेको भन्दै अरूलाई औँला उठाएर मात्रै हुन्छ, जिम्मेवारी लिनुपर्दैन ? भन्दै प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ बैशाख २०८२, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना