काठमाडौँ । नेकपा एमालेले कांग्रेसका नेताहरूले सरकारको गति नपुगेको भन्दै बाहिर जनाइरहेको असन्तुष्टिलाई सकारात्मक रूपमा लिएको निष्कर्ष निकालेको छ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सरकार सञ्चालनको संयन्त्रमा रहेकाहरूले संयन्त्रमै छलफल गर्नु उपयुक्त हुने बताए ।
संयन्त्रमै रहेका काँग्रेस महामन्त्री गगन थापाले सरकारको गति नपुगेको भन्दै पछिल्लो समय असन्तुष्टि व्यक्त गरिरहेका छन् । उनीमात्रै नभई नेता डा. शेखर कोइराला, अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायत इतर पक्षका नेताहरू केपी ओली नेतृत्वको सरकारसँग सन्तुष्ट सुनिँदैनन् ।
त्यसबारे ज्ञवालीले भने, ‘सरकारको प्रभावकारी होस् गति बढाओस् भनेर आउने टीकाटिप्पणीलाई हामीले सकारात्मक रूपमै लिएका छौँ। त्यसलाई अन्यथा लिएका छैनौँ । संयन्त्रका साथीहरूले संयन्त्रमै छलफल गर्दा राम्रो। हामीले अनेकै तहमा संयन्त्र बनाएका छौँ । त्यो असल मनसायका साथ भनेको होला भन्ने बुझेका छौँ ।’
उनले काँग्रेस नेताहरूको असन्तुष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल्न खोजेको बताए। उनले शान्ति सम्झौतापछि सबैभन्दा धेरै माओवादी नै सरकारमा बसेको भन्दै अरूलाई औँला उठाएर मात्रै हुन्छ, जिम्मेवारी लिनुपर्दैन ? भन्दै प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ बैशाख २०८२, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प