पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चैत १५ गते तीनकुनेमा भएको घटनामा दोषी ठहरिए पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक जस्तै दण्डित गर्ने बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको बृहत जागरणसभामा वरिष्ठ उपाध्यक्ष पोखरेलले तीनकुने घटनाको सम्पूर्ण जवाफेही पूर्वराजा ज्ञानेन्द्र हुनुपर्ने बताएका हुन् ।
‘तीनकुनेमा भएको सम्पूर्ण कामको जवाफदेही त्यसको योजनाकार पूर्वराजा ज्ञानेन्द्र थिए । जसलाई यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा जानकारी गराउन चाहन्छु’, उनले भने ।
‘वास्तवमा यो चिजलाई भड्काएर देशलाई फेरि द्वन्द्वमा, हिंसामा लैजाने जुन कोसिस भएको थियो । त्यसलाई हामीले बुझेका छौं । राज्यको तर्फबाट यथोचित छानबिन हुन्छ,’ उनले भने, ‘त्यो दण्डनीय छ भने एउटा नागरिकले जसरी गलत काम गरेवापत दण्डको भागीदार हुनुपर्छ । त्यस्तै किसिमको भागीदार बनाउनेछौं ।’
भ्रष्ट्राचार गर्ने एमाले हुनै नसक्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले दाबी गरे । उनले भने, ‘भ्रष्टाचार गर्ने एमाले हुनै सक्दैन । यदि कोही एमालेभित्र रहेर त्यस्तो गर्छ भने त्यो एमालेमा रहँदैन । यो हाम्रो घोषणा हो । हामी यसमा प्रतिबद्ध छौं ।’
एमाले भ्रष्टाचार र बेतिथि गर्नेलाई संरक्षण गर्ने पक्षमा नभएको उनको जिकिर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ चैत्र २०८१, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह