काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यसअघि पहिलो चरणका लागि घोषणा गरेका आन्दोलनका केही कार्यक्रम र कार्यतालिका संशोधन गरेको छ । पार्टी महासचिव घनश्याम भुसालले बुधबार मातहतका पार्टी कमिटीलाई ‘जरुरी’ परिपत्र जारी गर्दै आन्दोलनका कार्यक्रम संशोधन गरिएको जनाएका हुन् ।
एकीकृत समाजवादीले ‘सुशासन र रोजगारी समाजवादीको तयारी’ भन्ने नाराका साथ पहिलो चरणको आन्दोलन चैत १ गतेबाट वैशाख २२ सम्मका कार्यक्रम सार्वजनिक गरेको थियो । त्यसअन्तर्गत कतिपय कार्यक्रम भैसकेका छन् ।
महासचिव भुसालका अनुसार संशोधित आन्दोलनका कार्यक्रम अनुसार वैशाख १० गते सङ्घीय सरकारलाई मागपत्र पेस गर्ने, वैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा प्रदेश र जिल्लाका मागपत्र बुझाउने र वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरूमा मागपत्र बुझाउने रहेका छन् ।
यसअघि सो पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गर्ने रहेको थियो भने वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ चैत्र २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय