काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा हुने दाबी गरे ।राजनीतिक दलहरूले पनि आफ्ना व्यवाहार सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
‘परिवर्तनको वाहक नेकपा माओवादी पार्टी र सबै दलहरूले आफूलाई सुधार्दै, सच्याउँदै परिवर्तनको बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्छ । निरन्तर सुधारको बाटोबाट मात्रै यो सम्भव छ,’ शर्माले भने, ‘जनताले आज हामीबाट सुधार मागिरहेका छन् । सुधार खोजिरहेका छन् । हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता र आफ्ना कमजोरीको आत्मलोचना गर्दै जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।’
आफ्ना कमजोरीको आत्मलोचनासहित जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले आन्दोलनकारीहरूको माग, भावनालाई सम्बोधन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने