काठमाडौं । तीनकुनेमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं इमाडोलमा रहेको एक धर्मगुरुको घरमा बसेको पाइएको छ ।
विवास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा उनी केही समय बसेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, इमाडोलबाट खतिवडालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेर ल्याएको थियो ।
त्यसक्रममा उनले प्रसाईं प्रदर्शनपछि आफ्नो घरमा आएको बयान दिएका हुन् । ‘प्रारम्भिक सोधपुछमा उहाँले त्यस्तो बताउनु भएको हो, थप बयान लिन पाएको छैन’, अधिकारीले भने, ‘स्याउ र केरा खाएर त्यहाँबाट निस्किएको भनेर भनेका छन् ।’त्यसपछि उनी घरबाट निस्किएको उनले बताएका छन् ।
खतिवडा शुक्रबार भएको प्रदर्शनमा भिडलाई उत्तेजित बनाउने कार्यमा संलग्न थिए । उनले प्रहरीलाई ढुंगा हान्दै गरेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल छ ।
प्रहरीको विशेष टोलीले खतिवडालाई शनिबार बिहान पक्राउ गरेर ललितपुर प्रहरीलाई बुझाएको थियो । ललितपुर प्रहरीले उनलाई काठमाडौं प्रहरीलाई बुझाउने तयारी गरेको छ । ‘थप अनुसन्धान जिल्ला प्रहरी परिसर, भद्रकालीबाटै हुन्छ’, अधिकारीले भने ।
शुक्रबार भएको प्रदर्शनले हिंसात्मक रुप लिँदा २ जनाको मृत्यु र २२ जना घाइते भएका थिए । प्रहरीले यो मामलामा आन्दोलनको नेतृत्व गरेका राजावादी नेताहरु रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरेको छ ।
आन्दोलनका घोषित संयोजक ८६ वर्षीय नवराज सुवदीलाई भने स्वास्थ्य कारण देखाउँदै घरमै नियन्त्रणमा लिएर राखेको छ । जनकमाण्डर भनिएका दुर्गा प्रसाईंको खोजी जारी छ । उनीविरुद्ध व्यक्ति हत्या आरोपमा समेत अनुसन्धान गर्ने प्रहरी तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम