काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १८ गते सदनमा सम्बोधन गर्ने भएका छन् । बिपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार भएका हुन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले बिपक्षी दलले उठाएका बिषयमा चैत्र १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराए । बिपक्षी दलको मागअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराउँदा पनि शुक्रबार सदन खोल्न बिपक्षी तयार नभएको उनले बताए । यद्दपी आइतबारदेखिको बैठक भने चल्न दिने गरि सहमति भएको उनले जानकारी दिए ।
कुलमान घिसिङलाई पदबाट हटाइएको बिषयमा बिपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । बिपक्षीको अवरोधका कारण प्रतिस्ठापन विधेयक पारित गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिने तयारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता