काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १८ गते सदनमा सम्बोधन गर्ने भएका छन् । बिपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार भएका हुन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले बिपक्षी दलले उठाएका बिषयमा चैत्र १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराए । बिपक्षी दलको मागअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराउँदा पनि शुक्रबार सदन खोल्न बिपक्षी तयार नभएको उनले बताए । यद्दपी आइतबारदेखिको बैठक भने चल्न दिने गरि सहमति भएको उनले जानकारी दिए ।
कुलमान घिसिङलाई पदबाट हटाइएको बिषयमा बिपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । बिपक्षीको अवरोधका कारण प्रतिस्ठापन विधेयक पारित गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिने तयारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति