विराटनगर। सुनसरी र मोरङको विभिन्न स्थानहरूबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।सुनसरीको धरान उपमहानगरपालिका- १७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
२९ वर्षीय कमल शाक्यलाई प्रतिबन्धित औषधि ट्रामोल- १ हजार ५० क्याप्सुल र धरान- ११ का २१ वर्षीय कमलहाङ राईलाई लागुऔषध ब्राउन सुगर १०० मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी- ४ का २१ वर्षीय मनीष भुजेललाई २५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ चैत्र २०८१, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
४० लाखसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ