विराटनगर। सुनसरी र मोरङको विभिन्न स्थानहरूबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।सुनसरीको धरान उपमहानगरपालिका- १७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
२९ वर्षीय कमल शाक्यलाई प्रतिबन्धित औषधि ट्रामोल- १ हजार ५० क्याप्सुल र धरान- ११ का २१ वर्षीय कमलहाङ राईलाई लागुऔषध ब्राउन सुगर १०० मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी- ४ का २१ वर्षीय मनीष भुजेललाई २५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ चैत्र २०८१, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ