दार्चुला । एक सय ३६ ग्राम लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र बांगाबगरबाट खटिएको प्रहरी स्थानीय ४६ वर्षीया जानकी कार्कीलाई जिल्लाको महाकाली नगरपालिका-१ छापरीबाट कार्कीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कार्कीले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्लाभित्र चरेस फेला परेको हो ।कार्कीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ चैत्र २०८१, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ