काठमाडौ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज सोमबार बस्दै छ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौँमा हुने बृहत् ¥याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयारलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।
काठमाडौं उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। उपत्यकाबाहिर रहेका नेतालाई फर्कन आह्वान गरिएको छ।
बैठकमा पार्टीले सुशासन, रोजगारीलगायत विषयलाई केन्द्रित गरी देशभर सुरु गरिएको समाजवादी अभियानबारे मातहत कमिटीलाई संगठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिने उक्त पार्टीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ चैत्र २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय