काठमाडौं । लद्दाखको कारगिल क्षेत्रमा शुक्रबार बिहान भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय २ बजेर ५० मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको झड्का जम्मु कश्मिर क्षेत्रमा पनि महसुस भएको थियो ।
मानिसहरु मस्त सुतिरहेका बेला भूकम्पको झड्का महसुस भएको थियो । उनीहरु आत्तिँदै घर बाहिर निस्किएका थिए । भारतीय मिडियाहरुका अनुसार भूकम्पले मानवीय क्षति भएको छैन । तर केही कमजोर पर्खाल र घरहरु भत्किएका छन् ।
भारतका भूगर्भविदहरुले विगतका भूकम्प, भूकम्पीय गतिविधि र टेक्टोनिक संरचनाको आधारमा भूकम्प सम्भावित क्षेत्र पहिचान गरी भारतलाई चार क्षेत्रमा विभाजन गरेका छन् । बढी जोखिमदेखि कम जोखिमलाई जनाउने गरी क्रमशः पाँचौं, चौथो, तेस्रो र दोस्रो भागमा विभाजन गरिएको हो ।
यसरी पाँचौं जोनलाई सबैभन्दा बढी जोखिम र दोस्रो जोनलाई सबैभन्दा कम जोखिमयुक्त क्षेत्र भनेर बुझिन्छ । लद्दाख भूकम्पीय क्षेत्र चौथोमा पर्दछ ।
टेक्टोनिक रुपमा सक्रिय हिमालय क्षेत्रमा भएकाले लद्दाख क्षेत्रमा भूकम्प बेलाबेला आइरन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प