एजेन्सी । आज (शुक्रबार) बिहानै जम्मु-कस्मिरदेखि लद्दाखसम्म धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार लद्दाखस्थित कारगिलमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको हो।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार शुक्रबार बिहान करिब २:५० बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु १५ किलोमिटर गहिराइमा थियो।
बिहानै भूकम्प हुँदा कारगिलमा सुतिरहेका मानिस आत्तिएका थिए। भूकम्पले धेरै घरका पर्खाल तथा अस्थायी आवास भत्किएका छन्।
कारमा प्लास्टर वा पर्खाल खसेर क्षति भएका तस्बिर सार्वजनिक भएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०८१, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प