एजेन्सी । आज (शुक्रबार) बिहानै जम्मु-कस्मिरदेखि लद्दाखसम्म धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार लद्दाखस्थित कारगिलमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको हो।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार शुक्रबार बिहान करिब २:५० बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु १५ किलोमिटर गहिराइमा थियो।
बिहानै भूकम्प हुँदा कारगिलमा सुतिरहेका मानिस आत्तिएका थिए। भूकम्पले धेरै घरका पर्खाल तथा अस्थायी आवास भत्किएका छन्।
कारमा प्लास्टर वा पर्खाल खसेर क्षति भएका तस्बिर सार्वजनिक भएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०८१, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते