काठमाडौं । सर्वोच्च अदालतमा १५ हजार ५ सय २१ मुद्दा छिनोफानो भएको पाइएको छ । सर्वोच्च अदालतमा नयाँ र पुराना गरी ४१ हजार २ सय ४९ मुद्दामध्ये आर्थिक वर्ष २०८०-८१ मा सो संख्या मुद्दा फस्र्यौट भएको सर्वोच्च अदालतले हालै राष्ट्रपतिसमक्ष बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षमा १२ हजार ८ सय १७ नयाँ मुद्दा परेका थिए भने २८ हजार ४ सय ३२ छिन्न बाँकी पुराना मुद्दा थिए । सर्वोच्च अदालतको पछिल्लो वर्षमा विचाराधीन मुद्दाको संख्या र फस्र्यौटको संख्याबीच सर्वोच्चले ३७ दशमलव ३७ प्रतिशत मुद्दा फस्र्यौट गरेको थियो । हरेक वर्ष मुद्दाको चाङ बढ्दै जाने र त्यसको तुलनामा मुद्दाको सुनुवाइ र छिनोफानोको गति कम रहेपछि २०७९-०८० को तुलनामा गत आर्थिक वर्षमा मुद्दाको फस्र्यौट २१ दशमलव ६४ प्रतिशतले बढी रहेको सर्वोच्चले जनाएको छ ।
सर्वोच्चको मुद्दा फस्र्योट दर आर्थिक वर्ष २०७८-७९ मा १८ र २०७७-७८ मा १४ प्रतिशत हाराहारी थियो । सर्वोच्चमा पाँच वर्ष वा त्योभन्दा पुराना मुद्दा १५ हजार १ सय ४६ थान थिए । त्यस्ता पुराना ११ हजार ९ सय ७७ मुद्दा अर्को वर्षका लागि सरेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० फागुन २०८१, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार