काठमाडौं । होली पर्वको बहानामा विभिन्न स्थानमा डोरी तेर्साएर रकम माग गर्ने समूह फेला परे प्रहरीलाई खबर गर्न काठमाडौं प्रहरीले अनुरोध गरेको छ ।
काठमाडौं जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले सार्वजनिक बाटोमा हुने कुनै पनि अवरोध पन्छाउन प्रहरी तयार रहेको बताए । ‘डोरीले बाटो छेकेर कसैले पैसा मागेको छ भने प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरे हुन्छ, हामी आवश्यक कानुनी कारबाही गर्ने छौँ’, उनले भने ।
त्यसरी बाटो छेकेर पैसा उठाउने क्रममा सुरक्षा समस्या पनि हुने कारण प्रहरीले भेटेसम्म नियन्त्रणमा लिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा