काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका सांसदहरूलाई भोलि बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।
भोलिको बैठकमा अध्यादेश पारित गर्नको लागि पेश गर्ने भएकाले काँग्रेसले पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुने निर्देशन गरेको हो।
काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई म्यासेज पठाएका छन्।
जसपा नेपालसँग भूमिबाहेक अन्य पाँच अध्यादेश निर्णयार्थ पेश गर्ने सहमति भएपछि सरकारले भोलि सदनमा पेश गर्दैछ।
भूमि अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णयपछि सरकारले अध्यादेश निर्णयार्थ पेश गर्न ढिलाइ गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै