काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको छ। मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुटेको हो ।
थापाथली चोकबाट नर्भिक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो ।
पाइप फुटेपछि केहीबेर थापाथली क्षेत्र जलमग्न बनेको थियो । तर, अहिले फुटेको स्थानमा पानी वितरण बन्द गरिएको महानगरीय प्रहरी वृत सिंहदरबारले जनाएको छ ।
प्रहरीका अनुसार तर, पाइप फुटेपछि सडकसमेत अवरुद्ध भएको छ ।
यसअघि फागुन पहिलो साता मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको थियो । गत मंसिरमा नयाँ बजार क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने