काठमाडौँ । शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार बिहानदेखि एकतर्फी सवारी सञ्चालनमा आएका छन् । लगातारको वर्षाका कारण सडक हिलाम्मे र चिप्लो भएपछि उकालोमा गाडी चढ्न नसक्दा यो खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो ।
इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार शुक्रबार साँझदेखि सडकको अवस्था नसुध्रिएको हो । पश्चिमबाट आउने सवारी साधन बर्दघाट र पूर्वबाट जाने सवारी दुम्किवासमै रोकिएका थिए । विशेषगरी दाउन्नेको मोड र घ्यू खोला क्षेत्रमा सडक बढी जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक थम्मन सिंह थापाका अनुसार आइतबार बिहानदेखि पालैपालो एकतर्फी रूपमा सवारी साधन चल्न थालेका छन्। शुक्रबारदेखि रोकिएका ठूला मालवाहक सवारी साधन र बस आइतबार बिहानदेखि छुट्न थालेपछि सडकमा करिब ७ किलोमिटरसम्म लामो जाम लागेको छ । पश्चिम जाने सवारी कावासोतीको जंगल क्षेत्र र पूर्व आउने सवारी बर्दघाटसम्म लामबद्ध छन् ।
नारायणघाट–बुटवल सडक विस्तारअन्तर्गत अधिकांश भाग कालोपत्रे भए पनि दाउन्नेको करिब ३–४ किलोमिटर खण्ड अझै ढलान हुन सकेको छैन । सोही खण्डका कारण यात्रुले सास्ती भोग्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ चैत्र २०८२, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण