कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ का वडाध्यक्ष अर्जुन साउदले कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालय सञ्चालन गरेका छन्।
ठेक्का सम्झौता भएको लामो समयदेखि बंक–नायल–बुडर सडक कालोपत्र कार्य नभएपछि वडाध्यक्ष साउदले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिन सडकमै कार्यालय सञ्चालन गरेका हुन्।
उनले सडकको प्रवेश बिन्दुमै टेबुल राखेर आइतबारदेखि वडाको सेवा प्रवाह गरिरहेका छन्। कालोपत्र गर्ने कार्यको सुनिश्चितता नहँुदासम्म सडकमै कार्यालय सञ्चालन गर्ने उनले बताए।
‘पटक–पटक सडक स्तरोन्नती र कालोपत्रका लागि ठेक्का सम्झौताको म्याद थप्ने कार्य बाहेक सडक कालोपत्र कार्यको प्रगति हुनसकेको छैन,’ वडाध्यक्ष साउदले भने, ‘सडकका खाल्डाखुल्डी पुर्ने कार्यमै बजेट सिध्याइने गरिएको छ, त्यस भन्दा बाहेकको कार्य प्रगति हुन सकेको छैन।
जन दबाब बढ्न थालेपछि सडकमै कालो ब्यानर राखेर कालोपत्रका लागि सडकमा उत्रिनु परेको उनले बताए।
धुलाम्मे सडकम हिँडडुल गर्न निकै सास्ती हँुदै आएको स्थानीय रामनाथले बताए। पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले सडक कालोपत्रका लागि निर्माण व्यवसायीलाई तोकेता गर्दै आएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला