जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिवासमा अनधिकृत रूपमा सञ्चालनमा रहेका पाँचवटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। शुक्रबार मुख्यमन्त्री सिंहले बर्दिवासका आठ अस्पतालको अनुगमन गरेका थिए।
अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति नलिएका पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री सिंहले ती अस्पतालका सञ्चालक तथा उपलब्ध कर्मचारीलाई कानुनी प्रक्रिया पूरा गरी अनुमति लिएपछि मात्र पुनः सञ्चालन गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।
अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक प्रालिले आवश्यक स्वीकृति लिएको पाइएको छ भने जनसेवा हस्पिटल प्रालि र डी.एन.बी. मेडिकेयर सेन्टर प्रालिलाई सेवा अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०८१, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की