काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग, लुम्बिनी प्रदेशको हिमाली भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । अन्य हिमाली र पहाडी भू(भाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असार २०८३, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?