काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक आज (शुक्रबार) देखि काठमाडौँमा सुरु हुँदैछ।
धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि सुरु हुने बैठक दुई दिनसम्म सञ्चालन हुने पार्टीले जनाएको छ। बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यक्रम तथा महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ।
पार्टी महामन्त्री राजेन्द्र गुरुङका अनुसार गत फागुन २१ गते सम्पन्न आन्तरिक निर्वाचनमा उम्मेदवार बनेका सबैलाई बैठकमा आमन्त्रण गरिएको छ। साथै, एकता प्रक्रियामार्फत पार्टीमा समाहित भएका नेताहरूलाई पनि बैठकमा सहभागी गराइनेछ।
बैठकअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने कार्यतालिका पारित गरेको थियो।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन का अनुसार कार्यसम्पादन समितिबाट पारित भएका प्रस्तावहरू केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिनेछन्। बैठकले निर्वाचन समितिले तयार गरेको नियमावली तथा निर्देशिकामाथि समेत आवश्यक छलफल गर्नेछ।
राप्रपाको केन्द्रीय समिति बैठकबाट महाधिवेशन तयारी, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशासम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असार २०८३, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने