काठमाडौँ । काठमाडौँमा शक्तिशाली भूकम्प गएको छ।
शुक्रबार राति दुई बजेर ५१ मिनेट जाँदा काठमाडौँमा भूकम्प गएको हो।
भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्। रातिको निन्द्रामा रहेका मानिस भूकम्पको धक्काले उठेका छन्।
भूकम्पको रेक्टर स्केल र केन्द्रबिन्दु खुल्न बाँकी छ। तराई मधेस क्षेत्रका नागरिकले पनि भूकम्पको ठूलो धक्का महसुस भएको बताएका छन्।
काठमाडौँ उपत्यका भूकम्पिय जोखिम क्षेत्रमा पर्ने भूकम्पविदहरुले बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प