काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । फागुन १८ गते आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो ।एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले सचिवालय बैठकका एजेन्डा तय गर्न फागुन १७ गते शनिबार केन्द्रीय कार्यालय बैठक बस्नेछ ।
केन्द्रीय कार्यालयमा महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरु रहने गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र परेको अवस्थामा एमालेले बैठक बोलाएको हो ।
पूस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भुमिलगायत विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेश हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग