काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । फागुन १८ गते आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो ।एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले सचिवालय बैठकका एजेन्डा तय गर्न फागुन १७ गते शनिबार केन्द्रीय कार्यालय बैठक बस्नेछ ।
केन्द्रीय कार्यालयमा महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरु रहने गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र परेको अवस्थामा एमालेले बैठक बोलाएको हो ।
पूस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भुमिलगायत विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेश हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प