काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीको मूल नेतृत्व नबदलिएसम्म जनताका आवाज र आवश्यकता पूरा गर्न नसक्ने बताएका छन् ।
सोमबार झापाको कचनकवलमा आयोजित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले आफूहरू जनताका कुरा सुन्न अभियान नै बनाएर अघि बढेको जिकिर समेत गरे ।
‘हामी तपाईंहरूको कुरा सुन्न आएका हौं । हामीले केही कामहरू पार्टी निर्माणको सन्दर्भमा यी अधुरा कामहरू कसले पूरा गर्ने त ? माओवादी मात्रै त्यस्तो पार्टी हो त्यसले मात्र गर्न सक्छ,’ शर्माले भने ।
तर, त्यसका लागि केही सर्तहरू रहेको उनले बताए ।
‘तर केही सर्त छन् । बिनासर्त माओवादीले पनि गर्न सक्दैन । त्यो भनेको माओवादीले आफैंले आफैंलाई रुपान्तरण गर्नुछ,’ शर्माले भने, ‘नेतृत्वको टिमले आफैंले आफैंलाई बदल्नु छ । त्यो बदल्न सक्ने होइन भने जनताको यो आवाजको नेतृत्व गर्न सकदैनौं । जनताको आवश्यकताको नेतृत्व गर्न सक्दैनौं ।’
जनताका धेरै कुरा पूरा गर्नुपर्ने आवश्यकता रहेको जिकिर गर्दै उनले पार्टी नेतृत्वको टिम नै बदलिनुपर्ने बताए ।‘जनताका धेरै कुरा पूरा गर्न बाँकी छ । त्यसका लागि पहिले माओवादी पार्टी, माओवादी पार्टीको नेतृत्वको टिम बदलिनुपर्छ । यसले फेरि त्याग गर्न सक्नुपर्छ,’ उनले भने, ‘यदी लोभ र मोहमा फस्ने हो भने सक्दैन । त्यसकारण त्यागको शिक्षा लिन हामी तपाईंहरूकोमा आएका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा