एजेन्सी । फ्रान्सको मिलोस शहरमा छुरा प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने दुई प्रहरी गम्भीर घाइते भएका छन्।
समाचारअनुसार आरोपीले सुरुमा दुई प्रहरीलाई अन्धाधुन्द चक्कु हानेर गम्भीर घाइते बनाए । आक्रमणबाट एक प्रहरीको घाँटीमा र अर्कोको छातीमा चोट लागेको समाचारमा उल्लेख छ ।
सो देखिरहेका एक ६९ वर्षीय पोर्चुगिज पुरुष हस्तक्षेप गर्न जाँदा उनीमाथि पनि चक्कु प्रहार भयो र उनको मृत्यु भएको बताइएको छ ।
घटनास्थलबाट ३७ वर्षीय अल्जेरियन पुरुषलाई पक्राउ गरिएको छ। उनीविरुद्ध आतंकवादसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको छ।
राष्ट्रपति इमानुएल म्याक्रोले यो इस्लामवादी आतंकवादी हमला भएको भन्दै कडा विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ फागुन २०८१, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमाथि सहज जित निकाल्दै फ्रान्स नकआउट चरणमा प्रवेश
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ओलिसको ह्याट्रिक
फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा
फ्रान्समा पूर्व राष्ट्रपतिलाई जेल सजाय
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक