एजेन्सी । ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको नेतृत्व गरिरहेका एलन मस्कले कर्मचारीका सम्बन्धमा अर्को नयाँ आदेश जारी गरेका छन् । उनले पछिल्लो समय अमेरिकी संघीय कर्मचारीहरूको सम्बन्धमा आदेश जारी गरेका हुन्।
मस्कले यदि सबै अमेरिकी संघीय कर्मचारीहरूले आफ्नो कामको हप्ताको विस्तृत हिसाब बुझाउन असफल भएमा उनीहरूको जागिर गुम्न सक्ने शनिबार बताएका छन् ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एलोन मस्कले भनेका छन्, 'राष्ट्रपतिको निर्देशन अनुसार, सबै संघीय कर्मचारीहरूले चाँडै नै गत हप्ता के गरे भनेर सोध्ने इमेल प्राप्त गर्नेछन्, जवाफ दिन असफल भएमा राजीनामा मानिनेछ।'
यद्यपि, मस्कले कर्मचारीहरूले के गर्नुपर्नेछ र यसको लागि समय सीमा के हो भनेर स्पष्ट रूपमा भनेका छैनन्। मस्कमाथि अमेरिकी सरकारी खर्च घटाउन मद्दत गर्ने जिम्मेवारी दिइएको छ।
उसो त अमेरिकी रक्षा विभागलाई दक्षता विभागले अर्को हप्ताबाट आफ्नो नागरिक कार्यबल कम्तिमा पाँच प्रतिशतले घटाउन निर्देशन दिइसकेको छ। ट्रम्प प्रशासनले पहिले नै धेरै अन्य संघीय कर्मचारीहरूलाई बर्खास्त गर्न सुरु गरिसकेको थियो ।
जनवरीको अन्त्यतिर, ट्रम्प प्रशासनले २० लाखभन्दा बढी सरकारी कर्मचारीहरूलाई इमेलमार्फत सूचना पठाएको थियो । जसमा उनीहरूलाई क्षतिपूर्तिको रूपमा आठ महिनाको तलबको बदलामा स्वैच्छिक राजीनामा दिने प्रस्ताव गरिएको थियो। तर यो आदेशलाई चार सार्वजनिक क्षेत्रका युनियन र २० जना डेमोक्र्याट वकिलहरूले अदालतमा चुनौती दिएका थिए। फेब्रुअरी ६ मा, एक संघीय न्यायाधीशले यसको कार्यान्वयनलाई रोक लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ फागुन २०८१, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण