काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले असारबाट पार्टीको विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन्। पार्टीको नागार्जुन नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले हालै बसेको केन्द्रीय कमिटीको बैठकमा विचार, राजनीति, विधि, पद्धति, संगठन र नेतृत्व प्रणालीबारे छलफल भएको बताए।
उनले भने, ‘अब समाजवादी क्रान्तिका लागि नयाँ नीति र योजना बनाउनको लागि आगामी मंसिरमा बिशेष महाधिवेशन गर्ने निर्णय भएको छ। हामी असारबाट बिशेष महाधिवेशनको तयारीमा लाग्नेछौं। असारसम्म हुलाकी राजमार्ग केन्द्रित अभियान गर्छौ। बैशाखमा मध्यपहाडि लोकमार्ग केन्द्रित अभियान गर्छौँ।’
केन्द्रीय कमिटीको बैठकमा वैचारिक, विधि, पद्धति र संगठनको संरचनालाई नयाँ ठाउँमा पुर्याउँनको लागि बिशेष महाधिवेशन गर्न लागेको बताए। उनले पहिलोबाट तेस्रो पार्टी बन्नुको कारणबारे समीक्षा गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने