काठमाडौं । प्यालेस्टिनी उग्रवादी संगठन हमासले आज ४ इजरायली बन्धकको शव फिर्ता गर्दैछन् ।शवमध्ये शिरी बिबास र उनका २ वर्षीय बच्चा एरियल बिबास र केफिर बिबास पनि रहेका छन् । अर्को शव ओडेड लाइफशिट्जको हो ।
७ अक्टोबर २०२३ मा उनीहरूलाई हमासले बन्धक बनाएको थियो । त्यतिबेला एरियल ४ वर्ष र केफियर ९ महिनाका थिए । यी बच्चाका पिता यार्डेनलाई केही दिनअघि रिहा गरिएको थियो । योसँगै हमासले शनिबार अरु ६ बन्धकलाई रिहा गर्नेछ । यो पहिला तय गरिएकोभन्दा डबल संख्या हो ।
शनिबार रिहा हुने बन्धकको बदलामा इजरायलले अक्टोबर २०२३ मा गिरफ्तार गरेका सबै महिला र १९ वर्षभन्दा कम उमेरका प्यालेस्टिनी बन्धकलाई रिहा गर्नेछ ।
केफिर हमासको कैदमा रहेका सबैभन्दा कम उमेरका बन्धक थिए । बन्धक बनाउँदा उनी केवल ९ महिनाका थिए । हमासको दाबी अनुसार नोभेम्बर २०२३ मा शिरी र उनको दुई बच्चा इजरायली बमबारीमा परी मारिएका थिए । यसअघि इजरायल र हमासबीच ६ चरणमा बन्धक आदानप्रदान भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो