एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र हमास दुवैले गाजाक्षेत्रमा जारी युद्ध रोकेर शान्ति स्थापनाका लागि सहमति गरेको जनाएका छन् ।
सहमतिअनुसार बन्दीको मुद्दामा आफ्नो शान्ति योजनाको पहिलो चरणलाई दुवै पक्षले स्वीकार गर्ने ट्रम्पले ट्रुथ सोसियलमा घोषणा गरेका छन् । उनले यसलाई ऐतिहासिक र अभूतपूर्व कदमका रूपमा व्याख्या गरेका छन् ।
सम्झौताका मुख्य बुँदा
प्रतिक्रिया
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस सम्झौतालाई इजरायलका लागि ठूलो दिन भनेका छन् । उनले भने, ‘हामी सबै बन्दीलाई घर ल्याउँदैछौं। यो एक कूटनीतिक सफलता र इजरायल राज्यको लागि राष्ट्रिय तथा नैतिक जित हो।’
यसैबीच नेतन्याहू र ट्रम्पबीच ‘भावनात्मक’ फोन कल भएको छ । सम्झौताको घोषणापछि दुवै नेताहरूबीच ‘धेरै भावनात्मक र नजिकको कुराकानी’ भएको अलजजिराले लेखेको छ । फोन संवादका क्रममा नेतन्याहूले ट्रम्पलाई इजरायली संसद (क्नेसेट) मा सम्बोधन गर्न आमन्त्रित गरेका छन् ।
उता हमासले सम्झौताको पुष्टि गर्दै यसको कार्यान्वयनमा जोड दिएको छ। उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई सम्झौताका सर्तहरू पूरा गर्न बाध्य गर्न आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा