सिन्धुली । सिन्धुलीमा एकजना वडा सदस्यको दुर्घटनामा परेर मृत्यु भएको छ।
कमलामाई नगरपालिका–१ का निर्वाचित वडा सदस्य ३४ वर्षीय केशवबहादुर माझीको उपचारका क्रममा आइतबार निधन भएको प्रहरीले जनाएको छ।
कमलामाईकै बलट्टामा गत माघ २० गते आफैँले चलाएको ट्याक्टर दुर्घटना हुँदा माझी गम्भीर घाइते भएका थिए।
उनको केएमसी अस्पताल काठमाडौँमा उपचारको क्रममा आइतबार निधन भएको हो।
सोही दुर्घटनामा घाइते भएको स्थानीय १४ वर्षीय अर्जुन माझीको उपचारकै क्रममा गत माघ २६ गते मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते