सिन्धुली । सिन्धुलीमा एकजना वडा सदस्यको दुर्घटनामा परेर मृत्यु भएको छ।
कमलामाई नगरपालिका–१ का निर्वाचित वडा सदस्य ३४ वर्षीय केशवबहादुर माझीको उपचारका क्रममा आइतबार निधन भएको प्रहरीले जनाएको छ।
कमलामाईकै बलट्टामा गत माघ २० गते आफैँले चलाएको ट्याक्टर दुर्घटना हुँदा माझी गम्भीर घाइते भएका थिए।
उनको केएमसी अस्पताल काठमाडौँमा उपचारको क्रममा आइतबार निधन भएको हो।
सोही दुर्घटनामा घाइते भएको स्थानीय १४ वर्षीय अर्जुन माझीको उपचारकै क्रममा गत माघ २६ गते मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु
हेटौँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते