काठमाडौँ । भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस आफै अनियन्त्रित भई आइतबार राति करिब १० बजेको समयमा धादिङको थाक्रे गाउँपालिका-७ सातकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्बती काफ्ले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । ।
यस्तो छ घाइते तथा मृतकको सूची :
साइबाबा अस्पताल धार्के धादिङमा उपचारार्थ घाइते:-
१) बस चालक जि.दोलखा बस्ने वर्ष ३६ को जित ब.मगर (९८६१७५८३९०) टाउको/हातमा चोट,अवस्था मध्यम ।
बाँसबारी न्युरो अस्पताल काठमाडौँमा उपचारार्थ घाइते:-
१) जिल्ला ललितपुर बस्ने वर्ष ५३ कि शान्ता अधिकारी टाउकोमा चोट अवस्था गम्भीर ।
२) जिल्ला काठमाडौँं जोरपार्टी बस्ने वर्ष ६८ कि जानुका हुमागाईँ टाउकोमा चोट अवस्था गम्भीर ।
३)जि.काठमाडौँं जोरपाटी बस्ने शिव प्रसाद हुमागाईँ टाउकोमा चोट,अवस्था मध्यम ।
४)जि.काठमाडौँं जोरपाटी बस्ने वर्ष ४२ को समिता हुमागाईँ,मुखमा चोट,अवस्था सामान्य,(९८४९३१२९६९) ।
५)जि.ललितपुर महालक्ष्मी बस्ने वर्ष ४६ कि पबित्रा रावत,टाउको/हातमा चोट,अवस्था मध्यम ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते