काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालनमा गम्भीर नभएको आरोप लगाएका छन् ।काठमाडौंमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओली गम्भीर नभएको बताएका हुन् ।
उनले प्रधानमन्त्री ओली मुलुक र जनताको समस्या समाधानमा नभइ सत्तालाई कसरी स्वार्थमा प्रयोग गर्ने भन्ने कुरामा केन्द्रित भएको उनको आरोप छ । ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यो मुलुक सञ्चालन गर्ने कुरामा गम्भीर हुनुहुन्न’, उनले अघि भने, ‘उहाँ वास्तवमा देश चलाउनका लागि जनताको समस्या समाधानका लागि होइन, कसरी हुन्छ यो सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने भन्ने कुरामा केन्द्रित भएर लाग्नुभएको छ ।’
उनले प्रधानमन्त्री ओलीको कार्यशैलीले देशको भविष्यलाई संकटग्रस्त बनाउँदै जाने सम्भावना देखिएको दाबीसमेत गरे । सोही कार्यक्रमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले केपी ओलीले आफू प्रधानमन्त्री हुने दुनियाँलाई ढाटेको आरोप पनि लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस
माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु
विशेष अदालतमा माधव नेपालको बयान सुरु