काठमाडौ । झापाबाट काठमाडौँतर्फ आउँदै गरेको निजी गाडी दुर्घटना भएको छ ।
विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो ।
मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा कार दुर्घटना, चालकसहित चार जना घाइते
गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतक आठ जनाको पहिचान खुल्यो
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
सोलुखुम्बुमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते
चितवनमा बस र कार ठोकिँदा बसमा सवार १ महिलाको मृत्यु, ९ जना घाइते