काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सचिव बाबुराम कौशिकलाई पार्टीमा भित्र्याएका छन् ।
खुमलटारमा आयोजित कार्यक्रममा कौशिकसहित विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने नेता कार्यकर्तालाई उनले स्वागत गरेका हुन् । माओवादी प्रवेश गर्नेहरूमा आजपा स्थायी समिति सदस्य कदम रसुल, व्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य वीरबहादुर विदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजिव गुप्ता, दिलिप गुप्तालगायत छन् ।
प्रचण्डले अहिले देशव्यापीरूपमा माओवादी प्रवेशको लहर चलेको दाबी गरे । उनले भने, ‘अहिले देशैभरीम माओवादी प्रवेशको लहर चलेको छ । सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन आह्वान गर्छु । अब पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउनुपर्छ ।’
विचार मिल्नेहरूसँग एकताका लागि पनि पहल भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?