काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सचिव बाबुराम कौशिकलाई पार्टीमा भित्र्याएका छन् ।
खुमलटारमा आयोजित कार्यक्रममा कौशिकसहित विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने नेता कार्यकर्तालाई उनले स्वागत गरेका हुन् । माओवादी प्रवेश गर्नेहरूमा आजपा स्थायी समिति सदस्य कदम रसुल, व्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य वीरबहादुर विदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजिव गुप्ता, दिलिप गुप्तालगायत छन् ।
प्रचण्डले अहिले देशव्यापीरूपमा माओवादी प्रवेशको लहर चलेको दाबी गरे । उनले भने, ‘अहिले देशैभरीम माओवादी प्रवेशको लहर चलेको छ । सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन आह्वान गर्छु । अब पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउनुपर्छ ।’
विचार मिल्नेहरूसँग एकताका लागि पनि पहल भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’