वासिङटन डीसी। फिलाडेल्फियामा मेडिकल जेट दुघर्टनामा मर्नेको संख्या सात पुगेको छ । शुक्रबार साँझ भएको सो दुर्घनामा विमानभित्र सवार ६ जनाको मृत्यु भएको थियो।
यस घटनामा जमिनमा भएका एक जना पनि मरेको शहरका मेयर चेरेल पार्करले पुष्टि गरेका छन् । बिरामी बालिका बोकेको उक्त विमान मेक्सिकोको तिजुआनामा जाँदै थियो ।
फिलाडेल्फियाको एउटा बाल अस्पतालमा उपचार पूरा भएपछि बालिकालाई घर लगिँदै थियो । विमानमा बालिकाकी आमा, दुई जना पाइलट, एक जना डाक्टर र पेरामिडक पनि थिए ।
यिनीहरू सबै मेक्सिकन नागरिक भएको बताइएको छ । लियजेट ५५ उडेको एक मिनेटमै भुईँमा खसेर विष्फोट भएको थियो । यस घटनामा १९ जना अरु घाइते भएको मेयरले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमा अमेरिकी सैन्य विमान दुर्घटना
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना