काठमाडौँ । रुसको सुदूरपूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सोभियत संघमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ-२४ विमान दुर्गम र घना जंगलमा खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिएको भिडियोहरू रूसी सञ्चारमाध्यमले सम्प्रेषण गरेका छन् । सरकारी सञ्चारमाध्यम र अनुसन्धानकर्ताले सार्वजनिक गरेको भिडियोमा घटनास्थलमा जीवित व्यक्तिको कुनै संकेत नपाइएको देखाइएको छ । अंगारा एयरलाइन्सको विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डा शहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ बजे राडारसँग सम्पर्क विच्छेद भएको थियो ।
एक उद्धार हेलिकप्टरले टिन्डा विमानस्थलबाट करिब १५ किलोमिटर दक्षिणमा रहेको जंगली पहाडको ढलानमा विमानको जलिरहेको भग्नावशेष फेला परेको थियो । रुसी अन्वेषकहरूले सार्वजनिक गरेको भिडियोमा दुर्घटनास्थलबाट धुवाँ उठिरहेको र जंगलको भुईँमा छरिएको विमानका टुक्राहरू देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०८२, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनाग्रस्त अवस्थामा भेटियो रुसी यात्रुवाहक जहाज