इराकमा अमेरिकी सैन्य विमान दुर्घटना

सफल खबर संवाददाता

शुक्रबार, २९ फागुन २०८२, १६ : १०
इराकमा अमेरिकी सैन्य विमान दुर्घटना

काठमाडौं। इराकमा अमेरिकी सेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड युनाइटेड स्टेट्स सेन्ट्रल कमान्डले यस घटनाबारे जानकारी दिएको हो।

दुर्घटनामा परेको विमान बोइङ केसी–१३५ स्ट्राटोट्याङ्कर प्रकारको रिफ्युलिङ (इन्धन भर्ने) विमान रहेको बताइएको छ। यो विमान पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको हो।

प्रतिक्रिया दिनुहोस