पोखरा । तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार साँझ ६ः४० बजेतिर पृथ्वी राजमार्गबाट मुग्लिन हुँदै दमौलीतर्फ आउने क्रममा भारतीय नम्बर एचआर ५५ क्यू ४७११ नम्बरको ट्यांकर घुमाउरो सडकमा दुर्घटनाग्रस्त भएको थियो ।
त्यसक्रममा चालक भारतको बिहारको मिर्जापुरका ३५ वर्षीय श्रीकान्त कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा साढे ८ बजे चिकित्सकहरुले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी अशोक थापाले बताए । उनका अनुसार, शवलाई सोही अस्पतालको शव गृहमा राखिएको छ ।
बुलेटमा चालक मात्र थिए । घटनाबारे भारतीय राजदूतावासमार्फत आफन्तलाई खबर गरिसकिइएको प्रहरीले जनाएको छ । आफन्त आएपछि मात्र उनको पोस्टमार्टम हुने प्रहरीको भनाइ छ ।
उक्त बुलेटले शक्ति ग्याँस कम्पनीको ग्याँस बोकेको थियो । ग्याँसले भरिएको बुलेट पल्टिँदा ठूलो दुर्घटना हुन सक्ने जोखिम रहे पनि त्यसबाट भने जोगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा सवारी दुर्घटना, एकजनाको मृत्यु, ६ घाइते
जिप सडकबाट २ सय मिटर तल खस्दा ३ युवकको मृत्यु
सप्तरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २४ बढी घाइते
स्कुटर दुर्घटनामा एमाले मकवानपुर अध्यक्ष पोखरेल गम्भीर घाइते
काठमाडौँमा जारी आन्दोलनबाट फर्किरहेका शिक्षक सवार बस दुर्घटना, १६ जना घाइते
लुम्बिनीमा चैत महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु