काठमाडौ । गुल्मीको कालीगण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा उनको मृत्यु भएको हो।
मृत्यु हुनेमा लु३त ५११२ नम्बरको ट्रयाक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ् नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए।
दुर्घटनापछि चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु