काठमाडौँ । प्रतिनिधि सभा बैठक बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद करिब आधा घण्टापछि बैठक कक्षमा प्रवेश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समय लिएर बैठकलाई सम्बोधन गरिरहेको समयमा रास्वपाका सांसद बैठक कक्षमा प्रवेश गरेका हुन् ।
यसअघि रास्वपाका सांसदले बोल्नका लागि विशेष समय माग गरेका थिए । सभामुख देवराज घिमिरेले बैठकको पहिलो दिन शून्य र विशेष समयको व्यवस्था नगरिएको भनेपछि उनीहरू आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।
सभामुख घिमिरेले आसन ग्रहण गर्न बारम्बार आग्रह गरे पनि रास्वपाका सांसदले अवरोध जारी राखेका थिए । उनीहरूको विरोधकै बिच सभामुखले बैठकको कारबाही अघि बढाएका थिए । त्यसपछि रास्वपाका सांसद बैठक कक्षबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी