काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको दाबी गरेका छन्।
नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले राजनीतिक अस्थिरताको कारणले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको बताए।
उनले भने, ‘अब आइटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्वपूर्ण अंग बनिसकेको छ। नेपाल अगाडि बढ्दैछ। अझ तिब्रताका साथ अगाडि बढ्न चाहिरहेको छ। यस बीचको केही अन्तरालको बहुत्तै असहज राजनीतिक अस्थिरता जस्ता कुराले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको सबैलाई थाहा छ।’
उनले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको उल्लेख गरे। प्रतिकुल असरबाट फेरि अर्थतन्त्र र समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन र अर्को वर्षबाट हामी २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पु¥याउनेगरी काम गरिरहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?
सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ
ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की