काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद दिवसका अवसरमा आज उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको शालिकमा पुष्पहार अर्पण गरे ।
प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ । विसं २००७ पछि हरेक वर्षे माघ १६ गते विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाउने गरिएको छ ।
सो क्रममा उपप्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख, काठमाडौँ महानगरपालिकाका उपप्रमुखलगायले सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गरे । प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिंहदरबार परिसरमा अहिले सहिद दिवस विशेष समारोह आयोजना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी